" स्वच्छ ! सुन्दर !! समुन्नत !! हरिपुर !!! "
तपाईंलाई स्वागत छ ।
हरिपुर नगरपालिका सर्लाही जिल्लामा अवस्थित एक महत्वपूर्ण स्थानीय तह हो, जसको स्थापना वि.सं. २०७३ मा भएको हो। कुल ९ वटा वडा रहेको यस नगरपालिकाको क्षेत्रफल ६६.८६ वर्ग कि.मि. मा फैलिएको छ। यहाँको भौगोलिक बनावट समथर छ र कृषिको लागि उपयुक्त मानिन्छ।
यस नगरपालिकाको पूर्वमा ईश्वरपुर, लालबन्दी नगरपालिका र चन्द्रनगर गाउँपालिका, पश्चिममा बागमती नगरपालिका, उत्तरमा हरिवन नगरपालिका तथा दक्षिणमा कविलासी र बरहथवा नगरपालिकाहरू रहेका छन्। यहाँको सीमाना र सञ्जालले यसलाई व्यापार र आवागमनको दृष्टिले पनि सशक्त बनाएको छ।
हरिपुर नगरपालिकामा विभिन्न जातजाति र धर्मका मानिसहरू बसोबास गर्दै आएका छन्। सामाजिक सद्भाव, आपसी मेलमिलाप र सांस्कृतिक विविधता यहाँको पहिचान हो। चाडपर्व, भाषा, रितिरिवाजको बहुलताले यो नगरपालिका सांस्कृतिक दृष्टिले पनि समृद्ध छ।
निर्यात कार्यक्षमता सहित अन्तरक्रियात्मक चार्टहरू
हरिपुर नगरपालिकाबाट नवीनतम तथ्याङ्कहरू ल्याउँदै...
नगर प्रमुख
ठेगाना : हरिपुर
सम्पर्क नं : 9844059638
ईमेल : gopalpajiyaresa@gmail.com
नगर उप प्रमुख
ठेगाना : हरिपुर
सम्पर्क नं : 9824870244
ईमेल : dmayor.haripurmun@gmail.com
प्रमुख प्रशासकीय अधिकृत
ठेगाना : हरिपुर
सम्पर्क नं : 9854084666
ईमेल : mail8haripurmun@gmail.com